अनुष्का अगाडि को-को थिए विराट कोह्लीका प्रेमीका ?

231
  •  
  •  
  •  

anushka-sharma-virat-kohli-party3काठमाडौ, १८ कात्तिक(एजेन्सी) : भारतीय टोलीको जीत या हार जे होस् जहिले पनि एउटा खेलाडी सधै चर्चामा रहने गर्छ । आखीर को हुन् त यी खेलाडी जो जित या हारमा पछि पर्देनन्, सधै चर्चामा रहन्छन् । धेरैले सहजै अनुमान गर्न सक्ने खेलाडी हुन्, विराट कोह्ली । उनी टोलीका उपकप्तान समेत हुन् भने खेलमा जित या हारका लागि महत्वपूर्ण भूमिका समेत उनले निभाउने गरेका छन् ।

उनी कहिले अनुष्का शर्मासँगको अफेयरका कारण फर्ममा नरहेको भन्दै चर्चामा रहन्छन् त कहिले हेयर स्टाइल त कहिले बलरहरूमाथी हावी हुने कारण चर्चामा रहने गर्छन् । यीनै कोह्लीले ५ नोभेम्बरमा आफ्नो २६ औ जन्मदिन मनाउँदै छन् । अहिले अनुष्का शर्माको अफेयरका कारण चर्चामा रहेका कोह्लीको अनुष्का पहिलो प्रेमीका भने होइनन् । उनीभन्दा अगाडि पनि कोह्लीले अन्य केही नायीका तथा मोडेलसँग अफेयर चलाइसकेका छन् । को-को हुन् ती नायीका तथा मोडेलहरूः

virat-affairsतमन्ना भाटियाः विराट कोह्लीको पहिलो अफेयर तमन्ना भाटियासँग रहेको थियो । तमन्ना भाटिया र विराट कोह्ली सन् २०१२-१३ मा एक मोबाइल कम्पनीको विज्ञापनका लागि साथमा काम गरिरहेका थिए । यसै क्रममा दुवै एक-अर्काप्रति नजिकिएका थिए । यी दुवै तब छुट्टिए जब तमन्नालाई उक्त विज्ञापनबाट हटाएर इलियाना डिक्रुजलाई लिइयो ।

virat-affairs1इजाबेल लेटीः तमन्ना भाटियासँग छुट्टिए‍को केही समयपछि नै विराटले आफ्नो प्रेमिकाका रूपमा इजाबेल लेटीलाई भेट्टाए । जुह स्थित पिवीआरमा विराट कोह्ली ब्राजिल मुलकी बलिउड नायीका इजाबेल लेटीसँग नजिकिएका थिए । यसपछि हट नायीकाको रूपमा स्थापित हुन सफल रहेकी नायीका एजाबेल र कोह्ली कहिले सपिङ मल त कहिले चलचित्र हलमा भेटिन थाले । यसबीचमा उनीहरूले भने उनीहरूबीचको प्रेम सम्बन्धलाई भने स्विकार गरेनन् ।

केही महिनापछि नै उनले इजाबेललाई पनि छाडिदिए । अब उनी अनुष्कासँग प्रेम सम्बन्धमा रहँदै आऐका छन् । स्रोतहरूलाई मान्ने हो भने अब विराटले अनुष्कालाई नै जीवन साथी बनाउने तय भइसकेको बताइएको छ ।


  •  
  •  
  •