काठमाडौं, २२ वैशाख (ओएनएस) : नेपालको ए डिभिजन लिग च्याम्पियन टोली मनाङमस्र्याङ्दी क्लव एएफसी प्रेसिडेण्ट कप फुटबलको समूह सीको विजेता भएको छ ।
यसअघि कम्बोडियाको सेभरिङलाई पराजित गरेर फाइनल चरणमा स्थान पक्का गरेको मनाङले आफ्नो दोस्रो तथा अन्तिम खेलमा मंगोलियाको इर्चिमलाई गोलरहित बराबरीमा रोक्दै समूह विजेता भएको हो । समान ४–४ अंक भएपनि मनाङ गोल अन्तरका आधारमा समूह विजेता भएको हो ।
सोमबार भएको खेलमा इर्जिम आक्रमक रुपमा प्रस्तुत भएपनि अन्तिम १० मिनेट १० खेलाडीमा सिमित मनाङलाई गोल गर्न सकेन । इर्चिमले ८७ औँ र दोस्रो हाफको इन्जुरी टाइममा मनाङको पोष्टभित्र बल पुर्याएको भएपनि रेफ्रीले मान्यता दिएनन् ।
खेलको ८१ औँ मिनेटमा मनाङका साहिद अजिज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।