आफन्त नेपाल सम्मानित

1294
  •  
  •  
  •  

काठमाडौं । लामो समयदेखि मानब बेचबिखनविरुद्ध काम गर्दै आएको आफन्त नेपाललाई सम्मान गरिएको छ ।
१३ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यो पुरस्कारले अझैँ यो क्षेत्रमा काम गर्ने हौसला प्रदान गरेको बताए ।

भट्टराईले यो पुरस्कार संस्थाको लागि नभइ प्रभावित दिदीबहिनीहरुको लागि भएको भन्दै प्रभावितहरुलाई नै लगेर सम्मान ग्रहण गरेका थिए ।

आफन्त नेपालले गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै भारत र कुवेतबाट १ सय २१ जना महिला तथा किशोरी र १७ जना बालकको उद्धार गरि स्वदेश फिर्ति गरेको छ ।

यस्तै सिमानाकाबाट ९ सय ८१ उद्धार गरेको छ भने उद्धार गरिएका ९ सय १६ जनालाई परिवारमा पुर्नमिलन गराएको छ ।

यस्तै ७ सय ३२ जनालाई प्रहरीको सहयोगबाट व्यावस्थापन गरिएको, ५ सय ५३ जनालाइ आपतकालिन आवाद्यिक गृहबाट सेवा प्रदान गरेको, ७९ जनालाई सिपमुलक तालिम दिएको, २० वटा मानव बेचबिखन बिरुद्धको मुद्दा दर्ता गराएको र मुद्दामा संलग्न ३५ प्रतिबादी, २५ जनालाई पक्राउ गरेको आफनत नेपालले जनाएको छ ।


  •  
  •  
  •