आर्सनल र चेल्सी एफ ए कपको फाइनलमा

237
  •  
  •  
  •  

एजेन्सी । एफ ए कपको फाइनल खेल आर्सनल र चेल्सीबीच हुने भएको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि ३–१ को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको छ ।

वेम्बलीमा भएको दोस्रो सेमिफाइनलमा चेल्सीको जितमा ओलिभर जेरुड र मिसन माउन्टले गोल गरे । चेल्सीले एक गोल उपहार पायो । युनाईटेडका ब्रुनो फर्नान्डेजले सान्त्वना गोल फर्काए ।

खेलको पहिलो हाफको अतिरित्त समयमा जेरुडले गोल गरेपछि चेल्सीले अग्रता बनायो । कप्तान एजपेलएक्वेटाले दिएको क्रस बललाई जेरुडले सहज गोल गरेका थिए।

४६ औं मिनेटमा माउन्टको गोलमा चेल्सीले अन्तर २–० मा पुर्याएका थिए । त्यसपछि ७४ औं मिनेटमा उपहार गोलमा चेल्सीले ३–० को अग्रता बनायो । युनाइटेडका ह्यारी म्याग्वेरेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

खेलको ८६ औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो । पेनाल्टीमा फर्नान्डेसले गोल गरे। युनाइटेड ३–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीयो ।
फाइनल खेल अगष्ट १ मा हुनेछ ।


  •  
  •  
  •