‘एम–६०’ को मर्मतपछी नियमित उडान

409
  •  
  •  
  •  

काठमाडौं, ६ साउन(ओएनएस) । नेपाल वायु सेवा निगमको चिनिया जहाज ‘एम–६०’ले मङ्गलवारदेखि नियमित उडान सुरु गरेको छ ।

 ‘ एम वेदर राडार’मा समस्या आएपछि ‘ग्राउन्डेड’ भएको उक्त जहाजको मर्मत गरी नियमित उडान सुरु गरिएको हो । ‘एम–६०’ मा समस्या आएर ग्राउन्डेड भएपछि निगमको विराटनगर उडान स्थगित भएको थियो ।

जहाजले मङ्गलवार काठमाडौं–विराटनगर–काठमाडौं उडान अवतरण गरेको छ । अबदेखि निगमले विराटनगरका लागि आइतबार बाहेक हप्तामा ६ दिन र भैरहवाका लागि हप्ताको २ दिन बुधबार र शनिबार नियमित उडान गर्ने जानकारी दिएको छ ।

निगमका अनुसार जहाजले काठमाडौंबाट विराटनगरका लागि विहान ८ बजे र भैरहवाका लागि विहान ११ बजेर २० मिनेट जाँदा उडान गर्नेछ ।


  •  
  •  
  •