भैरहवा–काठमाडौंको हवाई भाडादर घट्यो

65
  •  
  •  
  •  

रुपन्देही, १२ असोज: सरकारी स्वामित्वको नेपाल एअरलाइन्स र निजी क्षेत्रको बुद्ध एअरले भैरहवा–काठमाडाँै सेक्टरको हवाई भाडादर घटाएका छन् ।

दसँैको समयमा भैरहवाबाट काठमाडौँ जाने हवाईयात्रु निकै कम हुने भएपछि ती दुई एअरलाइन्सले काठमाडाँै सेक्टरको हवाई दर अधिक मात्रामा कटौती गरेको जनाएका छन् ।

नेपाल एअरलाइन्सले असोज ८ गतेदेखि विजया दशमीको दिनसम्मका लागि यो सेक्टरमा दुई हजार ५०० रुपैयाँ हवाई भाडा दर कायम गरेको नेपाल एअरलाइन्स भैरहवाका स्टेसन इन्चार्ज शंकरबहादुर केसीले बताए ।

नेपाल एअरलाइन्सले त्यसै पनि सबैभन्दा सस्तो हवाई भाडा दरमा यात्रुलाई सेवा दिइरहेकामा दसँैको समयमा यहाँबाट काठमाडाँै जाने यात्रुलाई अझ बढी सहयोग पुगोस् भनेर दुई हजार ५०० रुपैयाँ भाडा कायम गरेको गरेको केसीले जानकारी दिए ।

नेपाल एअरलाइन्सले भैरहवा–काठमाडाँै सेक्टरमा हवाई भाडा घटाएलगत्तै निजी क्षेत्रको सबैभन्दा ठूलो बुद्ध एअरले पनि आधाभन्दा बढी भाडा घटाएको छ । बुद्धले शनिबारदेखि विजया दशमीको दिन असोज १७ गते सम्मका लागि हवाई भाडा दर घटाएर दुई हजार ५०० कायम गरेको बुद्ध एअरका वरिष्ठ प्रबन्धक दर्शन घिमिरेले जानकारी दिए ।


  •  
  •  
  •