प्रधानमन्त्रीलाई सुझाव : दुई तिहाईको निर्णयलाई कसैले घुर्क्याएर केही हुँदैन

185
  •  
  •  
  •  

koirala

काठमाडौं, १९ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराललाई संवैधानिक कानुनविज्ञहरुले दुई तिहाई बहुमतको निर्णयलाई कसैले घुर्क्याएर केही नहुने भन्दै संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका छन् ।

कोइरालाले सोमबार संविधान निर्माणका बारेमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सल्लाह लिने क्रममा संवैधानिक कानुनका विज्ञहरुले यस्तो सुझवा दिएका हुन् ।

जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण प्रक्रियाको सुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने बताएका थिए ।

छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणला प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राखेको प्रजातन्त्रवादी कानुन व्यवसायीको सङगठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

छलफलमा प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षी दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउँदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताए । छलफलमा कानुनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित थिए ।

विपक्षीले गत माघ ११ मा प्रश्नावली समिति गठन भएपछि सत्तापक्षसँग रुष्ट बनेको छ । विपक्षीले जबरजस्ती रुपमा संविधानसभामा प्रक्रिया अघि बढाएको भन्दै संविधासभा छाड्ने समेतका धम्की दिदै आएका छन् ।


  •  
  •  
  •