सम्बन्धमा विभिन्न कारणले समस्याहरू आऊँछन् । एक अर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले दुईबीचको सम्बन्ध ब्रेकअपसम्म पुग्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेकअप पछि पनि केही फाइदाहरू पाउन सकिने बताइन्छ । ब्रेकअप पछिका केही फाइदाहरू यस्ता छन्ः
– ब्रेकअप भनेको एक-अर्काबीचको भावना सफा हुनु हो । दुईबीचको सम्बन्धमा आएका टकरावहरूको अन्त्य हुनु नै ब्रेकअप हो । यसले मनमा जमेका फोहोरहरू निकालेर फ्याकेर मनमा नयाँ ठाऊँको निर्माण हुन्छ । जसले मानिसलाई जीवनमा थप सहजता प्रदान गर्छ ।
– ब्रेकअप यस्तो अवस्था हो जहाँबाट मानिसले साथीको आवश्यकताबारे जानकारी हासिल गर्छ ।
– तपाई कहाँ हुनुहुन्छ, कसको साथमा हो, कहिले पुग्नुभयो, कतिबजे निस्किनुभयो जस्ता प्रश्नको अन्त्य हुन्छ । आफ्नो पल-पलको अवस्था भन्नका लागि तपाईलाई कसैप्रति उत्तरदायी हुँदैन ।
– ब्रेकअपपछि तपाईको पेट सफा हुन थाल्छ । यसले मानिसलाई खुसी दिन्छ । ब्रेकअपपछि ‘अनहाइजेनिक’ खाना खानु आवश्यक पर्देन । चाउमिन, आईसक्रिमका साथै अन्य अनहाइजेनिक खानेकुरा खानबाट जोगिनुहुन्छ ।
– आफ्नो पार्टनरले चाहेको चलचित्र हेर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ । ब्रेकअपपछि आफूले चाहेको चलचित्र एक्लै या साथीहरूसँग गएर हेर्न सकिन्छ ।
– फोनको पैसा, मंहगो डेट, सरप्राइज गिफ्ट जस्ता पैसा खर्च गर्नुपर्ने अवस्थाबाट छुटकारा पाउनुहुन्छ ।
– कसैलाई मायाको नजरले हेर्नका लागि पचास पटक सोच्नुपर्दैन । कुनै केटा/केटीको तस्विरमा सहजै ‘हाऊ क्युट’ भनेर लेख्न सक्छन् । साथै, पार्टीहरूमा तपाईको डिमान्ड बढ्छ ।
– बिस्तारामा सुतिरहेको अवस्थामा आएको म्यासेजको रिप्लाई गर्ने आवश्यकता महसुस हुँदैन । ‘डु यु मिस मी’ जस्ता प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता रहँदैन । आनन्दसँग सुत्न सक्नुहुन्छ ।
– ब्रेकअपपछि आईप्याडमा नयाँ खाले गीतहरूको इन्ट्री हुन्छ ।
Comments are closed.