एक दर्जन बढी मन्त्रालय र निकाय सचिवविहीन बन्दै

373
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) सरकारले एक दर्जन बढी मन्त्रालय र निकाय सचिवविहीन भन्दैछन् । यही साउन ९ गतेदेखि १३ सचिवले अवकाश पाउने भएपछि सचिवका लाइना रहेका सहसचिवहरु सचिव बन्ने दाउमा रहेका छन् ।

साउन ९ देखि प्रधानमन्त्री कार्यलयलका सचिव कृष्णहरि बाँस्कोटादेखि सतर्कता केन्द्रका सचिव हरिप्रसाद नेपालले अवकाश पाउने भएका छन् । अवकास पाउने अन्य सचिवहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयका सचिव सुशील भट्टराई, युवा तथा खेलकुद मन्त्रालयका सचिव प्रतापकुमार पाठक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रविण मिश्र रहेका छन् ।

यसैगरी लोकसेवा आयोगका सचिव नाथुराम चौधरी, सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव केशव भट्टराई, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारी, अर्थ मन्त्रालयका सचिव युवराज भुषाल, उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, सुचना तथा संचार मन्त्रालयका सचिव श्रीराम पन्त, वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा. गणेशराज जोशी रहेका छन् ।

महालेखा नियन्त्रण कार्यालयका सचिव विमला सुवेदीले गत वैशाख गते अवकाश पाइसकेका कारण यही साउन ९ गतेदेखि १३ मन्त्रालय र निकाय सचिवविहीन हुने अवस्था छ ।


  •  
  •  
  •