शहीद स्मारक ‘ए’ डिभिजन लिगः संकटाको जित

554
  •  
  •  
  •  

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । संकटाले १० खेलमा १५ अंक जोडेको छ ।


खेलमा अजयी मार्टिन्सले संकटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै संकटाका लागि निर्णायक गोल सावित भयो । जितसँगै संकटा छैठौँ स्थानमा उक्ललिएको छ ।


  •  
  •  
  •