‘ए’ डिभिजन लिगः एनआरटीद्वारा एपिएफ पराजित

67
  •  
  •  
  •  

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक-एक गोल गरे ।

एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरेका थिए । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१ औँ मिनेटमा एक गोल खायो । जसमा एपिएफका आशिष लामाले गोल गरे ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो । खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८० औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जीत हात पा¥यो । जीतसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ ।


  •  
  •  
  •