सहिद स्मारक ए डिभिजन लिगः पुलिस क्लबद्वारा फ्रेन्ड्स क्लब पराजित

91
  •  
  •  
  •  

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको बिहीबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको छ ।

एन्फा खेल मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा पुलिसका लागि तीनै गोल नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर जुमानु राईले गरेका थिए ।

जितसँगै पुलिस २० अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने छैटौ स्थानमा झरेको छ । फ्रेन्ड्स क्लबले भने १४ अंकका साथ १० औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।


  •  
  •  
  •