दिल्लीकी अदिती आर्या बनिन् मिस इण्डिया…(तस्वीरसहित)

349
  •  
  •  
  •  

काठमाडौ, १५ चैत(एजेन्सी) : दिल्ली विश्वविद्यालयमा पढ्दै गरेकी अदिती आर्या मिस इण्डिया भएकी छिन् । मुम्बईको आफ्रिन रेचल वाज फर्स्ट रनर अप भइन् भने लखनऊकी आईटी कलेजमा पढ्ने वर्तिका सिंह सेकेण्ड रनर अप भएकी छिन् । फाइनलमा पुगेका अन्य प्रतियोगीमा तान्या होप र दीक्षा कौशल रहेका थिए ।

aditi-arya-miss-india1शनिबार मुम्बईस्थित यशराज स्टुडियोमा आयोजित एफबीबी फेमिना मिस इन्डिया २०१५ को कार्यक्रममा की बलिउड कलाकारले प्रस्तुती गरेका थिए । शाहिद कपूरले ‘गन्दी बात’ गीतमा नृत्य गरेका थिए भने करीनाले पनि सोही गीतमा नृत्य गरेकी थिइन् । यसका साथै कार्यक्रममा कमेडी मास्टर कपिलले पनि मनोरञ्जन दिएका थिए ।

aditi-arya-miss-india4प्रतियोगितामा दिल्लीका प्रतिष्पर्धीहरूको वर्चश्व रहेको थियो । अदितीले मिस इण्डियाको ताज आफ्नो नाममा पार्सा दिल्लीकी दीक्षा कौशलले शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् । यस्तै, दिल्लीकै रूशाली राय शीर्ष १० मा स्थान बनाउन सफल भइन् ।

aditi-arya-miss-india3अदितीलाई वर्तमान मिस इण्डिया कोयल राणाले मिस इण्डियाको ताज पहिर्याएकी थीइन् । यो वर्ष देशका २१ सुन्दरीहरूले प्रतिष्पर्धा गरेका थिए ।aditi-arya-miss-india2


  •  
  •  
  •