विमान दुर्घटना अघि यस्तो कुराकानी भएको थियो पाइलट र एयर ट्राफिकबीच (अडियोसहित)

324
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशी विमानमा रहेका ७१ मध्ये ४९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।  याे भयाभय घटना हुन अघावै बंगलादेशी विमानलाई चालक र एयर ट्राफिकबीच भएकाे अडियाे कुराकानी यस्ताे छ। बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए ।

अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए ।

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भने ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’ कुराकानीमा पटक-पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएका छन् ।


  •  
  •  
  •