अधिकारी दम्पतीको ज्यान बचाउन आह्वान

190
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : आफ्नो छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै विगत २ सय ८० दिनदेखि आमरण अशनमा बसेका गोरखा फुजेलमा अधिारी दम्पत्तीको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ । वरि अस्पतालमा रहेका नन्द प्रसाद र नन्दमायालाई गत वैशाखबाट वीर अस्पतालले बचाउने औषधि खुवाउन बन्द गरिसकेको छ । अस्पतालले अब उनीहरुलाई बचाउन नसकिने बताइसकेको छ ।

उनीहरुको स्वाथ्य अवस्था विग्रपछि मानव अधिकारवादी विभिन्न संगठनले बिहीबार विज्ञप्ती जारी गर्दै उनीहरुको ज्यान बचाउन आह्वान गरेका छन् । मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था जवाफदेहिता समितिले बिहीबार विज्ञप्ती जारी गर्दै बाँच्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेको छ ।


  •  
  •  
  •