विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

18
  •  
  •  
  •  

काठमाडौं, १ चैत(ओएनएस) : विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ ।

दिवसका अवसरमा उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले दिवसमा अवसरमा गोष्ठी अन्तक्र्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् ।

सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गरेको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । उनले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय ५ व्यवसायको अनुगमन गरी कारबाहीस्वरूप २५ लाख रुपैया असुल गरिएको छ ।

विभागका अनुसार प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न भने समस्या भएको छ ।


  •  
  •  
  •