अधिकारी दम्पत्तिको अनसन असान्दर्भिक : सरकार

213
  •  
  •  
  •  

काठमाडौ, २१ साउन (ओएनएस) :  सरकारले गोरखा फूजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारको अनसन असान्दर्भिक भइसकेको बताएको छ । सरकारले परिवर्तित अबस्थामा अनसन बसिरहनु औचित्य नरहेको भन्दै अनसन फीर्ता गर्न आग्रह गरेको छ ।

संसदको बुधबार बसेको बैठकमा गृहमन्त्री वामदेव गौतमले अधिकारी दम्पत्तिको माग पूरा भइसकेका कारणे अनसन असान्दर्भिक भइसकेको बताएका हुन् । २ सय ८५ दिनदेखी अनसनमा बसेका अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए । माग गरेअनुसारको मुल काम पूरा भइसकेको उनले दावी गरे । अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको निर्देशनअनुसार सरकारले उनिहरुका माग पुरा गरेको उनको दाबी छ । ।

मन्त्री गौतमले अधिकारी दम्पत्तिको स्वास्थ्य अबस्थावारे प्रारम्भको दिनदेखी गम्भीर रहे पनि अनसन तोडाउन नसकिएको बताए । वीर अस्पतालले बुधबार दिएको जानकारी अनुसार अधिकारी दम्पत्तिले पिटिएन लिन अस्वीकार गरेको उनले जानकारी गराए ।

छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कार्वाहीको मागगर्दै अधिकारी दम्पत्ती २०७० कात्तिक ७ गते देखी निरन्तर अनसनमा बसेका छन् । यसअघि अधिकारी दम्पत्तिको स्वास्थ्य अबस्थावारे जानकारी गराउन सभामुखले सरकारलाइ रुलिङ गरेका थिए ।


  •  
  •  
  •