मोजाम्बिकमा समुद्री आँधीले एक हजारभन्दा बढीको मृत्यु

70
  •  
  •  
  •  

बीबीसी : मोजाम्बिकमा इडाई समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या संख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन् ।

प्रतिघण्टा १ सय ७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा धेरै क्षति पु¥याएको छ ।

बिहीवारदेखि नै त्यहाँ ठूलो वर्षासहित आएको आँधीले क्षति पु¥याउन थालेको भए पनि सहायताकर्मीहरू भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् । बिस्तारै क्षतिको विवरण बाहिर आउन थालेको छ ।

सोही आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १ सय ८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन् ।

उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताएका छन् । त्यसअघि नै इन्टरनेश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रेसेन्ट सोसाइटीले आँधीको प्रभावलाई ‘ठूलो र भयानक’ बताएका थिएका छन् ।

झन्डै पाँच लाख मानिस बसोबास गर्ने बेयरामा ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छन् । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पु¥याउन नसकेको एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताएका छन् ।

उद्धारकर्ताहरूले सहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ ।

सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएको छ जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ ।
बेयराले अन्यत्र जोड्ने सडकहरू अवरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ ।

रूखमा बसिरहेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसका एक सहायताकर्मीले बताएका छन् । जिम्बाब्वेमा ९८ जनाले ज्यान गुमाउनुका साथै २ सय १७ जना हराइरहेको त्यहाँको सरकारले बताएको छ । तीमध्ये नजिकैको पहाडबाट छात्रावासमा ढुंगा खस्दा मारिने दुई विद्यार्थी पनि छन् ।

पूर्वी जिम्बाब्वे पुगेकी बीबीबी संवाददाताका अनुसार स्थानीय मानिसले त्यस्ता अवस्था ’यसअघि कहिल्यै नदेखेको’ बताएका थिए ।

समाचारहरूमा जनाइएअनुसार मलावीमा समेत ठूलो क्षति पुगेको छ । आँधी अगावै ठूलो वर्षाले निम्त्याएको बाढी र पहिरोले त्यहाँ १२२ जनाले ज्यान गुमाएका छन् ।

उत्तरी मोजाब्बिकको आधाजसो भाग र दक्षिणी मलावीमा अझ केही दिन वर्षा हुने बताइएको छ ।
सो ठाउँमा चट्याङ समेत पर्नसक्ने जोखिम रहेको बताइएको छ ।


  •  
  •  
  •