आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन सरकार प्रयासरत : यादव

219
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै सरकारले काम गरेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन सरकारले प्रयास गरिरहेको बताए ।

उपप्रधानमन्त्री समेत रहेका यादवले कानूनी ब्यवस्था नहुँदा विदेशमा उपचार गराउन जाने प्रचलन रोक्न समस्या भएको बताए ।

यादवले विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको समेत उल्लेख गरे ।
आगामी आर्थिक वर्ष मुलुकभरका सबै वडामा स्वास्थ्य संस्था स्थापना भैसक्ने उनको दावी छ ।

मन्त्री यादवले नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गइरहेकाले त्यस्ता रोगीका लागि डायलासिस सेवा निःशुल्क गराएको र मृगौला प्रत्यारोपण गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए ।


  •  
  •  
  •