पत्रकार अधिकारीको निधनप्रति दुःख व्यक्त

157
  •  
  •  
  •  

काठमाडौं । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।

दुर्घटनामा मृतक पत्रकार डायल्सन अधिकारी

महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्तिमार्फत शोक व्यक्त गरेका हुन् । कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा.१६च २२३५ नम्बरको जीप सप्तरीको कञ्चनरुप गाउँपालिकामा शनिबार दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बान्सिदा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

यसैबीच प्रदेश नं ५ सरकारले पत्रकार अधिकारीको निधनप्रति प्रदेश नं ५ सरकारले दुःख व्यक्त गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी(थारु)ले आइतबार एक विज्ञप्ति जारी गर्दै पत्रकार अधिकारीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।


  •  
  •  
  •