एडिबिको पानी नखाने ६ राजनीतिक दलको निर्णय

481
  •  
  •  
  •  

रुपन्देही, १ साउन । रुपन्देहीको बुटवल नगरपालिकाका ९ र १० नम्बर वडाका लागि एसियाली विकास बैंक (एडिबी) को सहयोग बन्न लागेको खानेपानी परियोजनाको पानी यहाँका ६ राजनीतिक दलले उपयोग नगर्ने निर्णय गरेका छन् । उनीहरुले सो परियाजना कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।

एकिकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत बुटवलको वार्ड नं. ९ र १० लाई लक्षित गरि खानेपानी परियोजना कार्यान्वयनका सम्बन्धमा नगरपालिकाले दलीय राय मागिरहँदा क्रियाशिल ६ राजनीतिक दलले ऋणभार बोकेर एडिबीको पानी खान नसकिने निश्कर्ष निकाल्दै त्यसको वदलामा खानेपानी संस्थान मार्फत वितरण भईरहेको पानीमा थप गर्नेगरी भुम्सा खोला आयोजनालाई पूर्णता दिन माग गरेका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी, अखण्ड नेपाल, राप्रपा नेपाल र राप्रपाको संयुक्त बैठकले एसियाली बिकास बैंकको चर्को ऋण भार बोकेर पानी खान नसकिने निर्णय गरेको राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष नरसिंह काउचाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सो बैंठकमा नेपाली कांग्रेस बुटवल १० का सभापति जयगोपाल गौतम, नेकपा माओवादीका पूर्णबहादुर गुरुङ, राष्ट्रिय जनमुक्तिका नगर अध्यक्ष नरसिंह काउचा, अखण्ड नेपालका क्षेत्रीय अध्यक्ष कमल पोखरले, राप्रपा नेपालका १० का वार्ड अध्यक्ष टिका पौडेल र राप्रपाका वार्ड नं. १० कै अध्यक्ष श्यामला पौडेल सहभागी थिए ।

यो खानेपानी परियोजना सञ्चालन गर्नका लागि बुटवल नगरपालिकाले सन २०१५ मा सक्नेगरि २०१० मा सम्झौता गरेको थियो । खानेपानी परियोजनाको काम सकिने वेलामा परियोजना सञ्चालन गर्न खोजे पनि राजनीतिक तथा स्थानीय तहमा चर्को बिरोध हुँदा परियोजना सञ्चालन हुन सकेको छैन । राजनीतिक रुपमा एमाले एकिकृत माओवादी लगायतका दलहरुले परियोजनाका समर्थन गर ेपनि नेपाली कांग्रेस भित्र मत बाझिएकाले एलौटी निर्णय दिन भने सकेको छैन ।


  •  
  •  
  •