मनाेनित राष्ट्रियसभा सदस्य पुगे सर्वाेच्च अदालत

777
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : सरकारकाे सिफरिसमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका तीनजनाको सम्बन्धमा सर्वोच्च अदालतले आइतबार  सुनवार्इकाे लागि दुवै पक्षलार्इ बाेलाएकाे छ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारले सिफारिस गरेर राष्ट्रियसभा सदस्यमा नियुक्त भएका र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारले सिफारिस गरेर राष्ट्रियसभा सदस्यमा नियुक्त भएका दुवै पक्ष छलफलकाे लागि अदालत पुगेका छन्।
फागुन १३ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न आदेश दिएको थियो ।
अघिल्लाे सरकारले गरेको सिफारिस उल्ट्याउँदै केपी शर्मा ओली सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । त्यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो ।

  •  
  •  
  •