प्रधानमन्त्री अाेलीविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवार्इ हुदैँ

243
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।

अदालतले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको रिटको सुनवाइको लागि शुक्रबार पेशी तोकेको थियो। सांसद पदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट परेको हो।

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता यज्ञमणी न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन ।

प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको रिट निवेदनमा उल्लेख छ ।

अधिवक्ता न्यौपानेले भने, ‘ कानुन सबैको लागि बराबर हो कसैको लागि ठुलो कसैको लागि सानो होइन, प्रधानमन्त्री ओली कानुन भन्दामाथि गएका हुन्।

एमाले अध्यक्ष ओलीले फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका थिए भने फागुन २० गते प्रतिनिधिसभाको सदस्यको शपथ लिएका थिए ।


  •  
  •  
  •