दोश्रो अकुलोप्लाष्टिक राष्ट्रिय सम्मेलन शुरु

112
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : आँखाको प्लाष्टिक शल्यक्रियामा भएका चूनौती र नयाँ उपलब्धी विषय आधारित दोश्रो अकुलोप्लाष्टिक राष्ट्रिय सम्मेलन शनिवारदेखि सुरु भएको छ ।

आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा नैतिक, गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने, तथा आँखाको युवा डाक्टरहरुमा प्लाष्टिक सेवा र शल्यक्रिया विधामा आकर्षण पैदा गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको छ ।
काठमाडौंमा जारी  सम्मेलन दुईदिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

यो सम्मेलन आँखाको प्लाष्टिक शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सकका लागि तयार गरिएको बताइएको छ । सम्मेलनमा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ,आँसु नली, आँखाको क्यान्सर,आँखाको सुन्दरता र जटील रोगको अन्तरक्रिया लेक्चर र पोस्टर को माध्यममाबाट जानकारी दिइएको छ ।

DSC_0139कार्यक्रममा नेपाल अफथाल्मीक सोसाइटीका अध्यक्ष डा.संजय कुमार सिहंले सामान्य अकुलोप्लाष्टिक सेवा नेपालमा विभिन्न आँखा अस्पतालले उपलब्ध गराएपनि  प्रमूख र जटिल अकुलोप्लाष्टिक शल्यक्रियाको लागि स्थानिय रुपमा अकुलोप्लाष्टिक तथा दक्ष चिकित्सकको अभावमा राजधानीसम्म धाउनुपर्ने बाध्यता रहेको बताए ।
छ । ‘यसले गर्दा हिमाल र पहाडी क्षेत्रका जनताको लागि निकै कष्टकर रहेको छ’ उनले भने  ।

यस सम्मेलनमा १२ जना राष्ट्रिय र १४ जना अन्तराष्ट्रिय (क्यानडा, बेलायत,अमेरिका,नेदरल्याण्ड,थाइल्याण्ड,इज्रायल,भारत,पाकिस्तान र बंगलादेश) का विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् । पहिलो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन २८ र २९ अक्टोबर २०१० मा भएको थियो । जसमा १६ जना राष्ट्रिय र ६ जना अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।सम्मेलनको तिलगंगा आँखा अस्पताल र नेपाल अफथाल्मीक सोसाइटीले संयुक्त रुपमा आयोजना गरेको हो ।

के हो अकुलोप्लाष्टिक ?

अकुलोप्लाष्टिकले आँखाको सौन्दर्य देखि लिएर क्यान्सर सम्मको उपचार विधिलाई जनाउँछ । दुर्घटनावाट आँखा विग्रदा,आँखाको प्राकृतिक आकार परिवर्तन गर्न चाहनेहरुलाई यो विधिबाट उपचार गरिने अकुलोप्लाष्टिक विशेषज्ञ तथा आयोजक समितिका अध्यक्ष डा.रोहित सैजुंले बताए  ।

यसले आँखाको बिग्रिएको संरचनालाई उपचार पद्दतीबाट पूर्नसंरचना गर्ने काम गर्दछ ।अकुलोप्लाष्टिकले आँखाको डल्लो बस्ने ठाँउ, आँखाको डिल,आँसु नली र अनुहारको आकृतीलाई समावेश गदर्छ  ।

तिलगंगा आँखा प्रतिष्ठानमा मात्रै बार्षिक ८ हजार ७ सय  अकुलोप्लाष्टिक समस्या भएका बिरामीहरु आउँने अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै साना ठूलो शल्यक्रिया गर्नेको संख्या १ हजार २ सय  रहेको छ ।


  •  
  •  
  •