पाकिस्तानी नायीका बीना मलिकलाई २६ वर्षको जेल सजाय

112
  •  
  •  
  •  

veena-malikकाठमाडौ, १० मंसिर(एजेन्सी) : पाकिस्तानको ठूलो मिडिया ग्रुप जियो टिबीको मालिक शकिल ऊर रहमान, बलिउडमा काम गरिसकेकी पाकिस्तानी नायीका बीना मलिक र उनका पतिलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूलाई यो सजाय एक टेरोरोज्म कोर्टले सुनाएको हो ।

जियो टिभीमा प्रसारण गरिएको एक कार्यक्रममा बजाइएको धार्मिक गीतमा वीना मल्लिक उनका पतिका साथ नृत्य गरेपछि यस नृत्यले मुसलमानको धार्मिक भावनामा चोट पुगेकाले यस्ता हर्कत रोक्नका लागि उनीहरूलाई कडा सजाय सुनाइएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

उक्त कार्यक्रमको प्रस्तोता शाइस्ता वाहिदीलाई पनि २६ वर्षको कैद सजाय सुनाईएको छ । यसका साथै सबै दोषीमाथि १३ लाख पाकिस्तानी रूपैयाँको जरिवाना समेत लगाइएको छ ।

जिओ टिभीमा आउने मर्निङ शो ‘उठो जागो पाकिस्तान’ लाई शाइस्ता लोधीले प्रस्तुत गर्ने गर्थिन् । यस शोमा बीना मलिकको स्वंयवर र विवाहको लाईभ प्रसारण गरिए‍को थियो । शोका क्रममा एक म्युजिक ब्राण्डले सुफी गाना ‘अली के साथ है जहरा की शादी’ गाएका थिए । यसपछि कट्टरपन्थी संगठन रिसाएका थि‍ए । यक क्रममा उलेमा प्यानलले जिओ टिभी हेर्नेलाई हराम घोषित समेत गरेको थियो । एआएवाय न्युजको एंकर र वरिष्ठ पत्रकार मुबाशिर लुकमानले पनि यस घटनाबारे दुःख व्यक्त गरेका छन् ।

न्यायाधिषले ४० पेजको फैसला सुनाउँदै दोषीलाई तुरून्त पक्राउ गर्न आदेश दिएका छन् । तर, समाचारहरुमा जनाइए अनुसार उक्त घटनामा दोषी भनिएका सबै पाकिस्तान बाहिर छन् । रहमान युएईमा बस्छन्, बाँकी ३ जना पनि आतंकी संगठनहरूको धम्कीपछि दश छोडेर बाहिर गइसकेका छन् । आरोप लगाइएपछि जियो ग्रुपले माफी मागेको थियो, तर कट्टरपन्थीहरूले यसलाई वेवास्ता गरे ।


  •  
  •  
  •