मौसमी मल्ल होटल व्यवसायमा

1552
  •  
  •  
  •  

काठमाडौं, जेठ (ओएनएस) : ‘गिरफ्तार’ र ‘समय’को अल्पसफलतासँगै अभिनेत्री मौसमी मल्ल होटल व्यवसायमा प्रवेश गर्ने भएकी छन् । ४० को दशकमा सर्वाधीक रुचाइएकी यी अभिनेत्री लामो समय पछि पुनः निर्मात्री एवम् अभिनेत्रीका रुपमा नेपाली सिनेमामा फर्किएकी थिइन् । छोरा विक्की मल्ललाई समेत ‘समय ’ मार्फत अभिनयमा भित्र्याएकी यि अभिनेत्री व्यवसायीक रुपमा भने असफल भइन् । उनका चलचित्रले चर्चा पाए पनि व्यवसायिक सफलता भने हात पार्न सकेनन् ।

करिव ५० लाखको लगानीमा नवलपरासीको गैडाकोटमा साथी सन्देशमान श्रेष्ठसँगको सहकार्यमा उनी होटल व्यवसायमा लम्किएकी हुन् । उनले भनिन, ‘विगत ४ महिना देखि होटल संचालनका लागि जुटिरहेका छौ । अब चाडै नै संचालनमा आउनेछ ।’ ‘भाग्यरेखा’बाट अभिनयमा प्रवेश गरेकी मौसमीले ६५ को हाराहारी चलचित्रमा अभिनय गरिसकेकी छन् ।


  •  
  •  
  •