रियालिटी शोमा नायीका गौहर खानलाई दर्शकले हाने थप्पड

413
  •  
  •  
  •  

gauhar-khanकाठमाडौ, मंसिर / बिग बोस-७ की विजेता मोडेल तथा नायीका गौहर खानलाई आइतबार एक रियालिटी शोको फाइनलका क्रममा एक युवकले थप्पड हानेका छन् । गौहर कार्यक्रममा एंकरिङ्ग गरिरहेकी थिइन् ।

युवकले पहिले गौहरलाई जिस्काएपछि गौहरले उक्त युवकको विरोध गरेकी थिइन् । कार्यक्रम सकिएपछि ती युवक स्टेजमा चढेर गौहरलाई थप्पड हानेका थिए । यसबाट त्यहाँ रहेका सबै मानिस अचम्मित भएका थिए । थप्पड हानेपछि त्यहाँ रहेका गार्डले ती युवकलाई समाते । उनको नाम मोहम्मद शफीक रहेको बताइएको छ ।

प्रहरीले आरोपी शफीकलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा ती युवकले गौहरले छोटो कपडा लगाएकाले आफूले थप्पड हानेको बताएका थिए । प्रहरीले ती युवकलाई बोरीवली कोर्टमा पेश गर्ने बताइएको छ ।


  •  
  •  
  •