ठमेलको बारमा प्रेमी खोज्दै नन्दिता

208
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : नायिका नन्दिता केसीको यस्तो हट रुप सायदै तपाइले यसअघि पर्दामा देख्नु भएको थिएन होला । आफ्नो एक दशक भन्दा लामो चलचित्र करिअरमा नायिका केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गरेकी हुन् ।

चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । ‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा केसीलाई नृत्य गरेकी छिन् ।

IMG_8354

गम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको छायांकन रहेको गीत सिनेमा चलाउने दरिलो हतियार बन्न सक्छ । चलचित्रका निर्देशक भने आशिष भेटवाल हुन् । पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका आशिषले सिनेमालाई एक्सन, थ्रिलर भनेका छन् । उनका अनुसार चलचित्रले जंगबहादुरको बिषयलाई उठान गरेको छैन । तर उनको कोटलाई भने सिनेमामा कुनै अंशको रुपमा प्रस्तुत गरिएको छ ।IMG_8368

आशिष अष्ट्रेलियामा नै चलचित्र बिषय पढिरहेका छन् । उनी सिने नगरीमा चम्कने तयारीमा छन् । चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको अब १० दिनमा छायांकन काम सकिनेछ ।

चलचित्रले अन्तरराष्ट्रिय रुपमा हुने ड्रक्सको खेतीलाई मुख्य बिषय बनाएको छ । योगेन खड्काको कथा, आशिष भेटवालकै पटकथा तथा संवाद रहेको चलचित्रमा जयन खड्काको लगानी छ । नायिका नन्दिता केसीले गीत र प्रस्तुत गर्ने तरिका मन परेकाले काम गरेको बताइन् । नन्दिताको यो नयाँ सेक्सी रुपलाई दर्शकले रुचाउँछन् या रुचाउँदैनन्, यो भने गीत सार्वजनिक भएपछि मात्र थाहा हुनेछ ।


  •  
  •  
  •  

Comments are closed.