पीडित बालिकाहरुको उपचार खर्च दोषीबाट भराउन माग

157
  •  
  •  
  •  

fill_400x400_original_AWON_LOGOकाठमाडौं, १३ फागुन (ओएनएस) : सामाजिक  कार्यमा सक्रिया संस्था एक्सन वक्र्स नेपालले राजधानीमा दुई किशोरीमाथि भएको एसिड आक्रमण र बारामा ६ बर्षिया बालिका बलात्कत भएको घटनामाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक्सन वक्र्सले बुधबार विज्ञप्ति जारी गर्दै संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गरिएको तथा बारामा छ वर्षीया बालिका बलात्कृत भएको संलग्न व्यक्तिलाई पहिचान गरी सजायँ दिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष राधा पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाले एसिड जस्तो घातक पदार्थको बिक्री खुल्ला रुपमा भैरहेकोले त्यसैले एसिडको बिक्री वितरण तथा प्रयोगलाई व्यबस्थित गर्न पनि माग गरिएको छ ।

यस्तै, एक्सन वक्र्सले एसिड आक्रमणमा घाइते भएका बालिका संगीता र सीमाको उपचारको सम्पूर्ण खर्च दोषीबाट भराउन वा सरकारले व्यहोर्न पनि माग गरेको छ ।

महिला, किशोरी तथा बालिकाविरुद्ध हुने बलात्कार लगायतका सबै प्रकारका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्न; पीडितको औषधोपचारको व्यवस्था गर्न एक्सन वक्र्स नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै दिनानुदिन महिला माथि घटिरहेका यस्ता घट्नाहरु प्रति कुनै पहल नचाल्दा नेपाल सरकार गम्भीर नहुनु लज्जास्पद भएको एक्सन वक्र्सले जनाएको छ ।

पीडितलाई तत्कालीन तथा दिर्घकालिन रुपमा न्याय दिन र पीडकलाई कारबाहि गर्न सरकार समक्ष एक्सन वक्र्स नेपालले जोडदार माग गरेको छ ।

Action works


  •  
  •  
  •