गच्छदार कार्यबाहक प्रधानमन्त्री

166
  •  
  •  
  •  

PM Oli departs for India visit (5)काठमाडौँ, ७ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री गच्छदारलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा गच्छदारले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

ओली ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार अपरान्ह भारत प्रस्थान गरेका छन् ।


  •  
  •  
  •