ट्युसन पढ्न जाँदा दुई किशोरीमाथि एसिड प्रहार भएपछि…

124
  •  
  •  
  •  

acid_on_girl_faceकाठमाडौ, १० फागुन(ओएनएस) : काठमाडौको बसन्तपुरमा एसएलसीको तयारीका लागी ट्युसन पढ्न ट्युसन सेन्टर पुगेका दुई किशोरीमाथि एसिड प्रहार गरिएको छ ।

ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार गरिएको हो ।

दुई किशोरीमध्ये संगीताको अवस्था गम्भिर रहेको छ भने सीमाको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार भइरहेको छ । शिक्षक आउन ढिला गरेपछि किशोरीहरू पढिरहेको अवस्थामा ढोका फोरेर आएका केटाहरूले एसिड हानेर गएकको बताइएको छ ।


  •  
  •  
  •