महिलामाथि एसिड प्रहार गर्ने प्रहरीविरुद्ध ज्यान मुद्दा दर्ता

318
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : २८ वर्षीया महिलामाथि एसिड प्रहार गर्ने प्रहरीविरुद्ध ज्यान मुद्दा दर्ता भएकाे छ। एसिड प्रहार गर्ने ट्राफिक प्रहरीका नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार मुद्दा दर्ता भएको हाे ।

दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

गोरखा घर भई भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा प्रहरी नायब निरीक्षक खनियाले एसिड खन्याएका थिए।

कल्पनाका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका हुन् । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ ।

घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिपक थापा घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

एसिड प्रहारबाट घाइते भएकी कल्पनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एसिडले उनको अनुहार, घाँटी र खुट्टाकाे छाल छाला बिग्रिएकाे छ ।

 


  •  
  •  
  •