फकाउन नसकेपछि एसिड आक्रमण, हेर्नुहोस् तस्विरहरु

314
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) : २६ दिनअघि ट्युसन पढिरहेका दुई किशोरीमाथि एसिड आक्रमण गर्नेलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले रापेछाप घर भई काठमाडौंको बसन्तपुरमा बस्दै आएका जीवन विकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

acid attack jeevan bk8

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा भएको पत्रकार सम्मेलनको दौरान विक बेहोस भई ढलेका थिए ।   प्रहरीले पत्रकारसामू सार्वजनिक गर्ने क्रमम विक अस्वभाविक तरिकाले हल्लिएर लडेका थिए ।  विक बेहोस भएपछि प्रहरीले उनलाई हतार–हतार अस्पताल पुर्याएको थियो । त्यसअघि विकले बदला लिन एसिड आक्रमण गरेको स्वीकारका थिए । उनले केटीको सुन्दरता बिगार्न एसिड हानेको समेत बयान  दिए । विकले  रडले आक्रमण गर्ने प्रयास असफल भएपछि एसिड आक्रमण गरेको बताए ।

acid attack jeevan bk7

ट्यूसन पढ्न गएका रामेछापकी संगीता पुलामी मगर र रौतहटकी सीमा बस्नेतमाथि गत फागुन १० गते बिहान काठमाडौंको वसन्तपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला एसिड आक्रमण भएको थियो । एसिड प्रहार भएका किशोरीहरु अहिले अस्पतालकै बेडबाट एसएलसी परिक्षा दिईरहेका छन् ।

यसअघि संगीताले एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा बिकले जिस्काइरहने, पछि लाग्ने तथा विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेको र झगडा पनि भएको बताएकी थिइन् ।

प्रहरीका अनुसार उनले संगीताका सबै परिवारमाथि अाक्रमण गर्ने याेजना बनाएकाे र पहिलाे निशाना संगीता भएकाे जनाएकाे छ । संगीतालाई एकतर्फि मन पराउने उनले संगीताका भाइलाइ फकाउन पैसा समेत दिने गरेका थिए । तर, फकाउँने प्रयास असफल भएपछि संगीताका भाइ विककाे ताराे बनेका थिए ।

acid attack jeevan bk6 acid attack jeevan bk5 acid attack jeevan bk4 acid attack jeevan bk3 acid attack jeevan bk2 acid attack jeevan bk1 acid attack jeevan bk


  •  
  •  
  •