तेजाब छ्याप्नेलाई कारबाही गर : मानव अधिकार आयोग

196
  •  
  •  
  •  

काठमाडौं, ११ फागुन (ओएनएस) :  राष्ट्रिय मनाव अधिकार आयोगले आइतबार दुई किशोरीमाथि भएको तेजाब आक्रमणमा संलग्न ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

आयोगले विज्ञप्तिमार्फत संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गरिएकोमा ध्यानकर्षण भएको जनाएको छ । यस्तै, आयोगले बारा जिल्लामा ६ वर्षीया बालिका बलात्कृत भएको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तेजाब आक्रमणको पीडितमध्ये संगीता मगरको अवस्थाबारे आयोगका सदस्य सुदिप पाठकको नेतृत्वको टोलीले ‘काठमाडौं मेडिकल कलेज’ मा पुगेर आवश्यक जानकरी संकलन गरेको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार विरामी खतरामुक्त रहे पनि घाउ निको हुन थोरैमा एक महिनाभन्दा बढी समय लाग्ने बताइएको छ । यस्तै वीर अपस्तालमा उपचार गराएकी सीमा बस्नेत उपचारपछि घर फर्केकी छिन् ।

आयोगले महिला, किशोरी तथा बालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रभावकारी कदम चाल्न; पीडितको औषधोपचारको व्यवस्था गर्न एवम् एसिडको आयात, बिक्री–वितरण तथा प्रयोगमा कडाइ गर्न पनि आयोग सरकारको ध्यानाकर्षण गराएको छ ।

यसअघि काठमाडौको बसन्तपुरमा एसएलसीको तयारीका लागी ट्युसन पढ्न ट्युसन सेन्टर पुगेका रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि तेजाब प्रहार गरिएको भएको थियो ।


  •  
  •  
  •