ट्राफिक प्रहरीका सर्इद्धारा महिलामाथि एसिड प्रहार

277
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : चितवनमा प्रहरीका नायब निरीक्षक (सर्इ)ले एक महिलामाथि एसिड प्रहार गरेका छन् । ट्राफिक प्रहरीका सर्इ रामचन्द्र खनियाँले आइतबार दिउँसो २८ वर्षीया महिला लाई एसिड छर्किएका थिए।

पूर्वीचितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका–४, त्रिचोकमा गोरखा घर भइ सोही ठाउँ डेरा गरी बस्ने कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ।

एसिड प्रहारले ती महिलाको अनुहार, जिउ र खुट्टामा भएको छाला बिग्रिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले बताए। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डिएसपी ढकालले बताए।

घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले बताए। श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि एसिड छर्कनुको कारण भने खुल्न नसकेको ढकालले बताए।


  •  
  •  
  •