किशोरीमाथि एसिड अाक्रमण गर्ने अाराेपी सार्वजनिक

188
  •  
  •  
  •  

Acidकाठमाडौ, ६ चैत (ओएनएस) :  प्रहरीले लामो अनुसन्धानपछि काठमाडौंको बसन्तपुरमा दुई किशोरीमाथि एसिड अाक्रमण गर्ने अारोपीलाई पक्राउ गरेको छ ।  अाक्रमणमा परेकी संगीता मगरकाे घरमै भाडामा बस्दै आएका जीवन बिकलाई एसिड अक्रामण गरेकाे अाराेपमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ ।

पक्राउ परेका बिकलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपाेखरीमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्‍मेलन गरी सार्वजनिक गरिएकाे हाे । रापेछाप स्थायी घर भएका बिकलाई बिहिबार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

यता, एसिड आक्रमणकारी पत्रकार सम्मेलनमै बेहोस छन् । प्रहरीले बिक बारे जानकारी दिइरहेका बेला उनी एक्कसी बेहोस भइ ढलेका थिए । उनी बेहोस भई ढलेपछि तत्काल अस्पताल लगिएको छ । त्यसअघि एसिड हानेकाे स्वीकार गरेका उनले केटीको ‘ब्युटी’ बिगार्न एसिड हानेको बयान दिएका थिए ।

ट्यूसन पढ्न गएका रामेछापकी सं‌गीता र राैतहटकी सीमा बस्नेतमाथि गत फागुन १० गते बिहान काठमाडौंको वसन्तपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला एसिड अाक्रमण भएकाे थियाे । एसिड प्रहार भएका किशोरीहरु अहिले अस्पतालकै बेडबाट एसएलसी परिक्षा दिईरहेका छन् ।

यसअघि संगीताले  एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा बिकले जिस्काइरहे, पछि लाग्ने तथा आफू विहान कराते सिक्न जाने बेलामा पछि लागेर सिठ्ठी बजाउने गरेको र झगडा पनि भएको बताएकी थिइन् ।


  •  
  •  
  •