आचारसंहिता विपरीतका सामग्री हटाइयो

238
  •  
  •  
  •  

मोरङ, २० मंसिर (ओएनएस)  : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ । सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्षेत्रबाट हटाइएको हो ।

बिहीबार हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा मतदातालाई आकर्षित पार्न राखिएका आचारसंहिता विपरीतका सामग्री जिल्लाका अन्य ठाउँबाट सुरक्षाकर्मी र निर्वाचन आयोगको टोलीले हटाएका छन् ।


  •  
  •  
  •