काठमाडौँ, २० मंसिर (ओएनएस) : महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम एक युवतीको मृत्यु भएपछि प्रहरीले उनका जेठाजुलाई पक्राउ गरेको छ।
२१ वर्षीया पार्वती बुढा राउतको शव सोमबार बिहान छाउगोठ भित्र भेटिएको थियो । अत्यधिक चिसो बढेपछि उनले अघिल्लो रात सुत्ने बेला छाउगोठभित्र आगो बालेकी थिइन् । निस्सासिएका कारण उनको ज्यान गएको बताइएको छ।
अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले मृतक महिलाकी २५ वर्षे जेठाजु छत्र रावतलाई पक्राउ गरिएको जानकारी दिए । उनीमाथिको आरोप ठहर भए उनलाई तीन हजार रुपैयाँ हर्जानासहित तीन महिनाको जेल सजाय हुने जनाइएको छ।