एसियन गेम्स टीममा सोमपाल कामी

438
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : एसियन क्रिकेट काउन्सिल (एसीसी)को एसियन गेम्स टीममा नेपालका सोमपाल कामी पर्न सफल भएका छन् ।

शनिबार एसीसीले पुरुष र महिलाको एसियन गेम्स सेलेक्ट ११ घोषणा गरेको छ । जसमा पुरुष टोलीमा १८ वर्षे नेपाली फास्ट मिडियम बलर सोमपाल परेका छन् । टोलीमा पर्ने सोमपाल एक्ला नेपाली क्रिकेटर हुन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन र अन्तराष्ट्रिय स्तरका आधारमा टीम ११ घोषणा गरिएको बताइएको छ ।

तीन खेलमा ८ ओभर बलिङ गरेका सोमपालले ३ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सातौं नम्बरमा थिए । ७ विकेट लिएर नेपालका सागर भने सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए ।

टोलीमा श्रीलंकाका उपल थारांगा, दिनेश चण्डिमाल र जीवन मेण्डिस छन् भने बंगलादेशका तमिम इकबाल, सकिल अल हसन र मोर्तजा छन् । त्यस्तै अफगानिस्तानमा मोहम्मद नाबी, मलेसियाका कस्तान अहमैद फैज र हङकङका नदिन अहमद पनि एसीसीको टीम ११ मा परेका छन् ।


  •  
  •  
  •