लेखा समितिमा शर्मा पक्का

211
  •  
  •  
  •  

janardan

काठमाडौं, १५ साउन (ओएनएस) : संसदको सार्वजनिक लेखा समितिमा एमाओवादी सभासद जनार्दन शर्मा सभापति हुने पक्का भएको छ । सभापति चयनका लागि बिहीबार उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी दर्ताको दिन शर्माकोमात्र उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ । विपक्षी दलको सभासद लेखा समितिको सभापति हने चलन छ । बिहीबार अन्य उम्मेदवारी नपरे शर्मा निर्निविरोध सभापति चयन हुनेछन् । अर्को उम्मेदवारी परे शक्रबार मतदान हुनेछ ।

समाजवादी पार्टीका प्रेमबहादुर सिंह प्रस्तावक रहेको शर्माका आफ्नै पार्टीका डोरप्रसाद उपाध्याय समर्थक बसेका छन् । संसदीय अन्य समितिको सभापति भने चयन हुन सकेको छैन । संसद सचिवालय स्रोतले अन्य समितिका सभापतिको पनि चयन छिटै गरिनेछ ।


  •  
  •  
  •