रकमान्तरको विवरण पेश गर्न अर्थ मन्त्रालयलाई लेखाको निर्देशन

241
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : आर्थिक वर्षको अन्त्यमा रकमान्तरको विषयलाइ लिएर विपक्षी दलले संसद अबरुद्ध गरिरहेको समयमा व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले पछिल्लो पाँच वर्षको रकमान्तरको विवरण पाँच दिनभित्र पेशगर्न अर्थ मन्त्रालयलाइ निर्देशन दिएको छ ।

संसद सचिवालय सिंहदरवारमा आइबार बसेको समिति बैठकले चालु आर्थिक वर्ष सहित विगत पाँच वर्षको रकमान्तरको विवरण माग गर्ने निर्णय गरेको हो । लेखाले चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालयका लागि विनियोजित वजेटमध्ये हालसम्म भएको खर्च विवरण र खर्च हुन नसक्नुको कारण समेत पठाउन विभिन्न मन्त्रालयलाइ निदेशन दिएको छ ।

समितिका जेष्ठ सभासद् कृष्णकुमार राईको सभापतित्वमा बसेको बैठकमा सभासदहरूले रकमान्तर गरेर छोटो समयमा बजेट खर्च गर्ने संस्कार बन्द गर्नुपर्ने बताएका थिए । उनिहरूले रकमान्तर गरेर कार्यकर्ता पोस्ने प्रवृत्ति अन्त्यगर्न संसदले नीतिगत सुधार र निर्देशन गर्नुपर्ने बताएका थिए ।

रकमान्तरको बिषयलाइ लिएर अर्थमन्त्री डा रामशरण महत र पूर्व अर्थमन्त्री डा बावुराम भट्टराइबीच ट्वीटरमा जुहारी चलेको छ । काग्रेस सभासद्ले भट्टराई अर्थमन्त्री रहेको समयमा माओवादी सरकारले झन धेरै रकमान्तर गरेको आरोप लगाएका छन् ।


  •  
  •  
  •