मकवानपुरमा फेरि दुर्घटना ७ जनाको मृत्यु

257
  •  
  •  
  •  

हेटौडा, १८ कात्तिक (ओएनएस) : मकवानपुरमा फेरि अर्को दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मकवानपुरको चुरियामाई गाविसमाआज बिहान इँटा बोकेको ट्रक सडकमै पल्टिएको थियो ।
ट्रक दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख १२८२ नम्बर ट्रक चुरियामाई गाविसमा सडकबाट करिव सय मिटर तल खसेको हो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । दुर्घटनापछि ट्रकका चालक र सहचालक फरार छन् । मृत्यु हुनेमा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी,  विशेष यादव, जंगीलाल महतो छन् । एकजनाको नाम खुलेको छैन ।


  •  
  •  
  •