धादिङमा ट्रक पल्टिदा ४ को मृत्यु, २ गम्भीर

271
  •  
  •  
  •  

truck accident at jogimaraकाठमाडौं, १७ मंसिर (ओएनएस)  : धादिङको जोगिमार –२ मा रहेको हुग्दी खोलाको पुलमा ट्रक पल्टदा ४ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको उक्त सडकमा भएको दुर्घटनामा अन्य २ घाइते भएका छन् । ग १ ख ३९८६ नम्बरको उक्त ट्रक वीरगन्जतर्फ जादै थियो ।

मुत्यु हुनेमध्ये ३ जनाको सानाखत भएको छ । जसमा पर्सा चोर्नी–९ का फुल महम्मद, अनवर महम्मद र अनिल महम्मदको नामा खुलेको छ । उनीहरु ट्रकमा यात्रा गरिरहेका थिए। एक जनाको शव च्यापिरहेको अवस्थामा छ । उक्त शवलाई निकाल्न प्रहरीले प्रयास गरिरहेको छ ।

दुर्घटनामा ट्रकका चालक र सहचालक गंभिर घाइते भएका छन् छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।


  •  
  •  
  •