उदयपुरमा स्कार्पियो दुर्घटनामा ५ जनाको मृत्यु, तीन जना घाइते

86
  •  
  •  
  •  

काठमाडौं । उदयपुरको कटारी–१४ मा शनिबार राति स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।

प्रतिकात्मक तस्बिर

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कार्पियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्की रहेका छन् । अन्यको सनाखत भएको छैन ।

सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका २८ वर्षीय चालक पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ–९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । घाइतेको कटारीस्थित अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •