नवलपरासीमा बस र एम्बुलेन्स ठोक्किए, ६ जनाको मृत्यु

88
  •  
  •  
  •  

चितवन १ असोज (ओएनएस) : नवलपरासीको बाँसाबसहीमा यात्रुबाहक बस र एम्‍बुलेन्‍स आपसमा टोक्‍किदा ६ जनाको मृत्यु भएको छ । बुटवल सडकखण्डमा पर्ने बाँसाबसहीमा एक आपसमा ठोकिदा अन्य पच्चीस भन्दा बढी घाइते भएका छन्।

बुटवलबाट नारायणगणतर्फ जाँदै गरेको ना ५ ख २१८३ नम्बरको बस विपरित दिशाबाट जाँदै गरेको लु १ च ३७३० नम्बरको एम्बुलेन्‍स तथा सोही दिशातर्फ जाँदै गरेको लु ५ प ६४ ९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्‍किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृतकको संख्या बड्न सक्ने प्रहरीले जनाएको छ ।


  •  
  •  
  •