कमिसनको लोभले घाइतेलाई निजीमा रेफर

200
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक ।
रसुवाको राम्चेमा बस दुर्घटना भएको खबर आएपछि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तयार हुन थाले। बिदामा रहेका डाक्टर र नर्सलाई झिकाइयो। त्यही बेला कोही बेड खाली गराउनतिर लागे, कोही शल्यक्रियामा आवश्यक पर्ने औषधि र जनशक्ति जुटाउन थाले।

अस्पतालका निर्देशक डा. बुलन्द थापा आफंै बस व्यवसायी समिति महासचिव रवि रिमालसँग कुरा गरेर घाइतेलाई ट्रमामा उपचार गराउने तयारी भइसकेको सुनाउँदै बाटोको जानकारी लिँदै थिए। तर, साँझ खबर आयो– हेलिकप्टरमा ल्याइएकालगायत सबै घाइते त्रिवि शिक्षण अस्पताल पुर्यााइयो।

ती त्रिवि शिक्षण अस्पतालमा प्राथमिक उपचार गरेपछि भने उनीहरूलाई थप शऒ्ढया नभएको भन्दै भटाभट महाराजगन्जस्थित अर्को निजी अस्पताल ग्रिनसिटी पुर्याेइयो। ट्रमाले गरेको सम्पूर्ण तयारी खेर गयो।

दक्ष चिकित्सक एवं जनशक्ति र बहुविशेषज्ञ सुविधा भएका सरकारी अस्पतालमा उपचारको तयारी हुँदाहुँदै सरकारी अस्पतालका चिकित्सक र दलालहरूको योजनामा घाइते निजी अस्पताल पुर्यारइएका थिए।

रसुवा दुर्घटना ८ गम्भीरसहित १८ घाइतेको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। १५ जनाको राति नै र ३ जनालाई बुधबार बिहान सो अस्पतालमा रेफर गरिएको थियो। ‘वीर अस्पतालको एम्बुलेन्समा ल्याएका बिरामी पनि सुरुमा टिचिङ र पछि निजी अस्पताल पुर्या इएछ,’ ट्रमा सेन्टरका निर्देशक डा. बुलन्द थापाले भने।

ग्रिनसिटीका अधिकांश चिकित्सक र नर्स त्रिवि शिक्षण अस्पतालमै कार्यरत छन्। लगानीकर्तामध्ये अधिकांश शिक्षण अस्पतालकै चिकित्सक हुन्। हेलिकप्टरमा ल्याइएका गम्भीर घाइते अधिकांशको शल्यक्रिया गर्नुपर्ने अवस्था छ। शल्यक्रिया गर्नु नपरे पनि सिटी स्क्यान, एमआरआईजस्ता महँगो परीक्षण गर्नुपर्ने र बेड शुल्क पनि महँगो हुनाले निजी अस्पतालले लाखांै कमाउँछन्। योवापत रेफर गर्ने चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतले मोटो रकम कमिसन पाउने स्रोतले जनाएको छ।

ट्रमा सेन्टरका निर्देशक डा. थापाले पनि उपचारका लागि ट्रमा अस्पतालले पूर्ण तयारी गरेर बसेपछि घाइतेलाई निजी अस्पतालमा पुर्यािएर ठूलो चलखेल गरिएको बताए। ‘ए लेबलको ट्रमा सेन्टरमा निर्देशकदेखि १९ सर्जन विशेषज्ञ र २५ अन्य जना डाक्टर घाइते रिसिभ गर्न तम्तयार भएर बसेका थियौं,’ उनले भने, ‘हाम्रो करिब ७० जनाको टिम तयार थियो, दलालहरूले निजीमा पुर्यारएछन्।’

वीरका डाक्टरले राति अबेरसम्म कुरेका थिए। एम्बुलेन्स र बस चढेर आएका केही घाइते राति १० बजेतिर ट्रमा सेन्टर पुगेका थिए। अधिकांश आफ्नै पहलमा आएका र उनीहरू खतरामुक्त अवस्थाका रहेको थापाले जानकारी दिए। उनले आफूले नै पासाङ ल्हामु यातायात व्यावसायी समितिका महासचिवसँग कुरा गरेर ट्रमामा ल्याउन भनेको बताए।

स्रोतका अनुसार दुर्घटनाका घाइतेको उपचारमा व्यवसायी समितिको पैसा खर्च हुने भएकाले सरकारी अस्पतालमा कम खर्च हुँदा र नक्कली बिलसमेत बनाउन नमिल्ने हुनाले कमिसनका लागि समितिका पदाधिकारीसमेत निजी अस्पतालमै पुर्याकउन खोज्छन्। ‘सबै मालामाल भए होलान्, तर ए लेबलका सरकारी अस्पतालमा हुने गुणस्तरीय सेवाबाट त बिरामी वञ्चित हुनुपर्यो ,’ थापाले भने।

चिकित्सा क्षेत्रमा बढ्दो निजी लगानी र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कमिसनमा बिरामीको व्यापार गर्ने क्रम ठूलो समस्याका रूपमा देखिएको वरिष्ठ चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता गम्भीर खालका दुर्घटनाको खबर आउनासाथ निजी अस्पतालहरूले एम्बुलेन्स चालकदेखि राजमार्गका साना क्लिनिक र जिल्लाका निजी अस्पतालसँग मिलेमतो गर्छन् र बिरामीलाई सरकारी अस्पतालमै नलगी निजी अस्पताल पुर्यााउँछन्। यसो गर्दा एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर २ देखि ५ हजारसम्म कमिसन पाउँछन्।

पछिल्ला दिनमा त्रिवि शिक्षण अस्पताल पदाधिकारीसहित वरिष्ठ चिकित्सकहरूले अस्पतालकै वरपर चिरायु, ग्रिनसिटी लगायतका अस्पताल सञ्चालन गरेका छन्। उनीहरू अधिकांश बिरामीलाई बेड, आइसियु नभएको बहानामा निजी अस्पतालमा रेफर गर्छन्।
नागरिकबाट


  •  
  •  
  •