भीरबाट ढुंगा खस्दा जीप पुरियो, दुई चिकित्शकको मृत्यु

194
  •  
  •  
  •  

रुपन्देही, २ असार (ओएनएस) : बुटवल–पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै ढुंगा खसेर जीप पुरिदा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो साढे चार बजेतिर पाल्पाबाट बुटबलव अाउँदै गरेकाो  लुम्बिनी मेडिकल कलेजको जीपलाई खसेको ठूलो ढुंगाले थिचेको हो ।

दुर्घटना लगत्तै दुई जनाको जीबितै उद्धार गरिएको थियो भने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लुम्बिनी मेडिकल कलेज तानसेनकी प्रोफेसर डा. यसोदा कोचर र उनका श्रीमान आँखाका डा. टिडिएस कोचर भएको बताइएको छ ।

घाइते घाइते हुनेमा लुम्बिनी मेडिकल पाल्पामा कार्यरत रौटहट जिल्ला राजपुर निबासी डा. जमिन निग्रानी र लुम्बिनी मेडिकल पाल्पा प्रवासमा एमबिबिएस अध्यन गदै गरेका कमलामाई नगरपालिका डा. प्रेरणीत देबकोटा छन् । उनीहरु बुटवलस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

सडकमाथि रहेको ठूलो चट्टान फुटेर झरेको थियो । सिद्धार्थ राजमार्गको पाल्पाको सिद्धबाबा नजिकै लु १ ज २७० नम्बरको जीप पुरिएको हो । भुकम्पबाट फुटेको चट्टान झरेको हुन सक्ने अनुमान गरिएको छ । करिब एक दशक अघि सोही स्थान नजिकै यात्रुबहाक बस पुरिदा १० जनाको मृत्यु भएको थियो । दुर्घटना पछि राजमार्गरुपमा अवरुद्ध बनेको छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले अवरोध पन्छ्याउने काम गरिरहेका छन् । नेपाल प्रहरीले दुई जनालाई जिबितै निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । सडकको अवरोध पन्छ्याउन डोजर प्रयोग गरिएको छ ।

ठूलो चट्टान सडकमै खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण बुटवलबाट पाल्पा जाने र बुटवल आउने सवारीको लामो लाइन लागेको छ ।


  •  
  •  
  •