पाल्पामा जीप दुर्घटना, ३ को मृत्यु

181
  •  
  •  
  •  

पाल्पा, ११ मंसिर(ओएनएस) : पाल्पामा भएको जीप दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । पाल्पाको झडेवा-२ स्थित देउगिरीमा भएको उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् ।

सदरमुकाम तानसेनबाट गोठादीतर्फ जाँदै गरेको लु १ ज १९२२ नम्बरको जीप दुर्घटनामा परी झडेवा-५ की ६० वर्षीया रम्भादेवी गाहा, रहवास-६ का २४ वर्षीय खड्ग चौहान र गोठादीका ७१ वर्षीय टेकबहादुर लुँइचे मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा घाइते भएकाहरुलाई लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रहरीका अनुसार अत्यधिक यात्रु राखेको र घुम्तीमा अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


  •  
  •  
  •