मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

187
  •  
  •  
  •  

mantriko_gadi_2
काठमाडौ, २३ भदौ (ओएनएस) : सञ्चारराज्यमन्त्री तप्तबहादुर बिष्ट चढेको गाडीले नयाँ बानेश्वरस्थित मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा दुई जना घाइते भएका छन् ।

मन्त्री चढेको बा १ झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको नजिकैको एभरेष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मन्त्री बिष्टको गाडी कोटेश्वर क्षेत्रबाट आइरहेको थियो ।


  •  
  •  
  •