त्रिशुली नदीमा ट्रक खस्दा हराइरहेका मध्ये एकजनाको शव फेला

170
  •  
  •  
  •  

काठमाडौं,४ कात्तिक (ओएनएस): सोमवार   धादिङको फुर्के खोलामा भएको   दुर्घटनामा परी हराइरहेका मध्ये धादिङको बैरेनी ८ बस्ने बिमल खड्काको शव  फेला परेको सशस्त्र प्रहरी प्रहरी बल प्रधान कार्यलयले जानकारी दिएको छ ।

खड्काको शव दुर्घटनास्थलबाट करीव एक किलोमिटर तल नदी किनारामा फेला पारिएको हो । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको ना.४ ख ८८१३ नम्बरको ट्रक सोमवार ३ बजे  धादिङको फुर्के खोलास्थित सडकबाट त्रिशुली नदीमा खसेको थियो ।    ट्रकमा चार जना मानिसहरु रहेको बताइएको छ ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एपीएफ टोली खोजी तथा उद्धार कार्यको लागि खटिएको थियो ।


  •  
  •  
  •